गृह » साना किसान सहकारी प्रथम
अर्थ समाचार समाज

साना किसान सहकारी प्रथम

शारदानगर । पश्चिम चितवनका सहकारीहरुबीच शुक्रबार भएको दिगो विकासको लागि सहकारी विषयक वक्तृत्वकला प्रतियोगितामा साना किसान सहकारी गुञ्जनगर प्रथम भएको छ ।
भरतपुर माहानगरपालिका वडा नं २० शारदानगरस्थित शुभलक्ष्मी दुग्ध उत्पादक सहकारी संस्था २५ वर्ष पुगेको रजत महोत्सबको अवसर पारेर गरिएको वक्तृत्वकला प्रतियोगितामा केन्द्रदीप कृषि सहकारी चनौलीबजार दोस्रो भएको छ भने शारदानगर दुग्ध उत्पादक सहकारी शारदानगर तेस्रो हुन सफल भएको छ । सिर्जना महिला विकास सहकारी शारदानगरले सान्त्वना पुरस्कार प्राप्त गरेको छ
पश्चिम चितवनकै पुरानो दुग्ध उत्पादक सहकारी मानिने शुभलक्ष्मी सहकारीले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्र्तगत कृषकहरुबीचमा वक्तृत्वकला प्रतियोगिता, जेष्ठ शेयर सदस्यहरुलाई सम्मान, रक्तदान कार्यक्रम, कृषक अभिमुखीकरण तालिम तथा शेयर कृषकहरुको नियमित अवलोकन भ्रमण, स्मारिका प्रकाशन, कृषकहरुबीच क्विज प्रतियोगिता गरेको हो ।
भरतपुर १९ र २० का स्थानीयलाई दूध खरिद बिक्री, मल, बीउ, दाना, चोकर सुलभ मूल्यमा बिक्री गरेको शुभलक्ष्मी सहकारीले दैनिक एक सय पचास लिटर दूध संकलन गर्दै आएको र पशुपालक कृषकहरुलाई पशु स्वास्थ शिक्षा, गोठ सुधारदेखि तरकारी र खाद्यान्न उत्पादनको निम्ति सहयोग पु¥याएको शुभलक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष खेमराज घिमिरेले बताए ।

Comments

About the author

चितवन पोष्ट