गृह » रेनो कारको एक्सपेरियन्स मेला सुरू
अर्थ समाचार समाज

रेनो कारको एक्सपेरियन्स मेला सुरू

काठमाडौँ । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कारप्रेमीहरुका लागि पुस २२ गतेसम्म नेपाल अधिराज्यभरि रेनो एक्सपेरियन्स मेला आरम्भ गरेको छ ।
“एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ” भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।
रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई एक लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ वर्षसम्मको लागी फ्री सर्भिसिङ, एक वर्षको लागि बीमा, निःशुल्क एशोसोरिज, एक आर्थिक वर्षभरिका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मूल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट)लगायत सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्नेबारेमा जानकारी प्रदान गर्ने कम्पनीको विश्वास छ ।

Comments

About the author

चितवन पोष्ट