गृह » इक्यान अध्यक्षमा खरेलको उम्मेदवारी
समाचार समाज

इक्यान अध्यक्षमा खरेलको उम्मेदवारी

भरतपुर । चितवनका शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था शैक्षिक परामशं संघ (इक्यान) चितवनको अध्यक्षमा युवा परामर्श व्यवसायी भानु खरेलले उम्मेदवारी घोषणा गरेका छन् । आज शनिबार भरतपुरमा हुने छैठौँ साधारण सभा तथा चौथौं अधिवेशनमा खरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
खरेल हाल इक्यान चितवनको उपाध्यक्ष रहेका छन् । रोलक्रमअनुसार नै अहिले खरेल अध्यक्षको उम्मेदवार भएका हुन् । शिक्षा क्षेत्रकै संवेदनशील क्षेत्रको रुपमा लिइएको शैक्षिक परामर्शमा खरेल विगत लामो समयदेखि आबद्ध रहेका छन् ।
शैक्षिक परामर्श संघमा खरेल एक सिर्जनशील, असल, सरल, शालिन र कर्मठ युवा व्यवसायीको रुपमा परिचित छन् ।
अध्यक्षका उम्मेदवार खरेल शैक्षिक पृष्ठभूमिमा पनि अब्बल मानिन्छन् । उनले एमबीएस, सोसोलोजीमा मास्टर डिग्री, एलएलबी गरेका छन् । यस्तै उम्मेदवार खरेललाई विभिन्न संघसंस्थाको नेतृत्व गरेको अनुभवसमेत छ । उनी कौटिल्य बचत तथा ऋण सहकारी संस्थाको पूर्वअध्यक्ष, रोट्¥याक्ट क्लब अफ भरतपुरको निवर्तमान अध्यक्ष, इनोभेटिभ एशोसियट्सको प्रबन्ध निर्देशकलगायतमा आबद्ध छन् ।

Comments

About the author

चितवन पोष्ट