गृह » आँखा शिविर सम्पन्न
स्वास्थ्य

आँखा शिविर सम्पन्न

कावासोती । नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा बुटवल आँखा अस्पतालको शाखा कावासोतीको सहयोगमा बिहीबार कावासोती–२ मा आँखा शिविर भएको छ । शिविरबाट ५२ जना महिला र ४७ जना पुरुष गरी ९९ जनाले सेवा लिएका छन् । सबै जनालाई आँखा जाँच गरी निःशुल्क औषधि प्रदान गरिएको थियो । ९९ जना मध्ये दुई जनामा मोतियाबिन्दु देखिएको थियो ।

Comments

About the author

चितवन पोष्ट