गृह » नेपाली कांग्रेसको चियापान
राजनीति समाचार समाज

नेपाली कांग्रेसको चियापान

सुस्ता । नवलपरासीका पूर्वसांसद देवकरणप्रसाद कलवार र पूर्वसांसद विक्रम खनालले जिल्लाको बर्दघाट नगरपालिकाको वाड नम्बर ३, ९ र ११ विभिन्न वडाहरुमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेका छन् ।
बर्दघाट नगरपालिकाका नेपाली कांग्रेसका कार्यकर्ताहरु भेटघाट गर्दै दुवैले आफूहरु चुनावमा पराजित भए पनि कार्यकर्ता र मतदाताहरुको हरेक दुःख र सुखमा कहिले पछाडि नहट्ने हँुदा आफ्नो कार्यकर्ताहरुलाई कुनै प्रकारको मनमा दुविधा नराखी संगठनलाई थप मजबुत बनाएर अघि बढ्न आग्रह गरे । चियापान कार्यक्रममा दुवै नेताहरु पराजित भएता पनि आफूहरुको मनोबललाई कम हुन नदिनको लागि कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेकोमा दुवै पूर्व सांसदहरुलाई बर्दघाट नगरपालिका वार्ड न ३, ९ र ११ वडाका कार्याकर्ताहरुले धन्यवाद पनि दिएका छन् ।

 

Comments

About the author

चितवन पोष्ट