गृह » साना किसान सहकारीको साधारण सभा
अर्थ समाचार समाज

साना किसान सहकारीको साधारण सभा

कावासोती । साना किसान कृषि सहकारी संस्था अग्योलीको ११ औं वार्षिक साधारण सभा बिहीबार कावासोती–१४ त्रिभुवनटारमा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष पे्रमबहादुर बस्नेतले संस्थाको वार्षिक प्रतिवेदन तथा संस्थाको आगामी योजना प्रस्तुत गरेका थिए । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष पे्रमबहादुर बस्नतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि , सहकारीका सदस्य, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वाड न १ अन्तर्गत रुपौलियाको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिकला गिरीको अध्यक्षता र सुस्ता गाउँपालिका वाड नम्बर १ का वडा अध्यक्ष अशोककुमार चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक इन्दिरा उपाध्यायले आव ०७३/०७४ मा रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपौलियाले दुई करोड ७१ लाख ७२ हजार ३७२ रुपैयाँ बराबरको कारोबार गरेको आर्थिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट