गृह » जोखिमपूर्ण बालविवाह रोकौँ
सम्पादकीय

जोखिमपूर्ण बालविवाह रोकौँ

नेपालमा बालविवाह अझै पनि प्रमुख समस्या बनिरहेको छ । नेपालमा ‘बिहेवारी २० वर्षपारि’ भनेर अभियान चलाइँदै आए पनि बालविवाह चुनौतीका रुपमा रहिआएको छ । हिजो बिहीबार राजधानीबाट प्रकाशित एक अखबारले ‘बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा’ शीर्षकमा बैतडीको डिलासैनी गाउँपालिकाकी वसन्ती बोहरा २० वर्ष नपुग्दै दुई सन्तानकी आमा बनेर स्थायी बन्ध्याकरणसमेत गरिसकेको खबर प्रकाशित गरेको छ । यस्तै, सोही अखबारले मकवानपुरको राक्सिराङमा ११ देखि १३ वर्षको उमेरमै बिहे गरी आमा बनेका किशोरीको तस्बिर प्रकाशित गरेको छ । यसबाट नेपालमा बालविवाहको अवस्था कति कहालीलाग्दो रहेछ भन्ने स्पष्ट हुन्छ । मकवानपुर र बैतडीमा भएका बालविवाह प्रतिनिधि उदाहरणमात्रै हुन् । सरकारले २० वर्षमुनिको विवाहलाई गैरकानुनी घोषणा गरे पनि बालविवाह मुक्त गर्नु चुनौतीपूर्ण बन्दै आएको छ । विश्वमा बालविवाहको उच्च जोखिममा रहेका १० मुलुकमध्ये नेपाल आठौँ स्थानमा छ, जसमा नेपालका बाँके, बैतडी, कपिलवस्तु, रुपन्देही, मकवानपुर, बारा, पर्सा, धनुषालगायतका जिल्लामा अझै पनि बालविवाह प्रथा कायमै रहेको पाइएको छ ।
नेपालमा १५ वर्È नपुगी विवाह हुने किशोरीहरुको तथ्यांक ८३.१ प्रतिशत रहेको छ । मुस्लिम समुदायमा ७९.६ प्रतिशत र पहाडी र हिमाली Ôेत्रमा ६९.७ प्रतिशत रहेको छ । बालविवाहका पछाडि विभिन्न कारण रहेका छन् । गरिबी, अशिÔा, कानुनप्रति अनभिज्ञता, स्वास्थ्यप्रति चेतनाको अभाव, दाइजो, घरेलु कामको स्वार्थ र परम्पराजस्ता कारण बालविवाह कायम रहँदै आएको छ । मधेसमा बालविवाहको प्रमुख कारण दाइजो (दहेज) लाई लिने गरिएको छ । विवाहमा हुने व्यापारीकरण, परम्परागत रुपमा चलिआएको विकृति, विसंगति र कुसंस्कारको अन्त्यका लागि गरिएका प्रयासहरु खेर गइरहेका छन् । नेपालको कानुनले झन्डै पा“च दशकअघिदेखि बालविवाहलाई अपराध मानेको छ । तर, परम्परागत धर्म–संस्कार, सांस्कृतिक र सामाजिक मूल्यमान्यताका कारण अहिलेसम्म बालविवाह विद्यमान नै रहिआएको छ । बालविवाहमा पछिल्लो समय २० प्रतिशतले कमी आएको विभिन्न प्रतिवेदनले देखाए पनि बिहेबारे थाहा नहुँदै विवाह गर्नुपरेका, अस्थायी नियोजनबारे थाहा नभएका, बालविवाहका कारण शारीरिक र मानसिक विकासमा प्रभावित भएका किशोरीको अवस्था हेर्दा यो समस्या विद्यमान देखिएको छ ।
कम उमेरमा विवाह गर्नु कानुनविपरीत तथा स्वास्थ्यका दृष्टिले समेत अत्यन्त जोखिमपूर्ण मानिन्छ । तर, नेपालको सुदूरपश्चिम तथा मधेसमा बालविवाह अझै एउटा समस्याका रुपमा रहेको छ । कतिपय जिल्लामा २०७५ सम्म बालविवाहमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । किशोरी उमेरमै बिहे गर्ने संस्कारको अन्त्य नगरेसम्म बालविवाहमुक्त जिल्ला घोषणा गरेरमात्रै केही उपलब्धि हुने देखिँदैन । एक अध्ययन प्रतिवेदनमा सुदूरपश्चिमाञ्चल Ôेत्रमा बालविवाहको दर ४८ प्रतिशत कायम रहेको छ । मध्यपश्चिमाञ्चल Ôेत्रमा यो दर ६१ प्रतिशतबाट केहीमात्र घटेर ५३ मा झरेको छ । नेपालको जनगणना सर्वेÔण २०६८ अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्È नपुग्दै विवाह हुने गरेको छ, तीमध्ये करिब साढे ५ लाख किशोरीहरु १९ वर्Èअगावै आमा बन्ने गरेका छन् । त्यस्तै, २०६८ सालको तथ्यांकअनुसार कुल विवाहित जनसंख्या १ करोड ३३ लाख ३८ हजार चार सय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ अर्थात् ६० दशमलब १२ प्रतिशतले बालविवाह गरेको तथ्यांकले देखाएको छ । सरकारले बालविवाह बढी हुने जिल्लालाई लक्षित गरी बालविवाहलाई निरूत्साहित गर्ने अभियानसहित चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको छ ।

 

Comments

About the author

चितवन पोष्ट