गृह » मारवाडी युवा मञ्चको निःशुल्क स्वास्थ्य शिविर
स्वास्थ्य

मारवाडी युवा मञ्चको निःशुल्क स्वास्थ्य शिविर

भरतपुर । मारवाडी युवा मञ्च नारायणगढले युवा दिवसको अवसरमा बुधबार देवघाटको श्रीराम जानकी आश्रममा आश्रित बालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
आश्रममा आयोजित कार्यक्रममा आश्रममा आश्रित ५१ जना बालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक डा सन्दिप गर्गले जानकारी दिए । उनले ८ जना बालिकामा सामान्य समस्या देखा परेको बताए । स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा किशोर उप्रेती र रेडियोलोजिष्ट डा सन्दिप गर्गले स्वास्थ्य परीक्षण गरेका थिए ।
मारवाडी युवा मञ्चले आश्रमलाई खाद्यान्नसमेत सहयोग गरेको छ । नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष उमाशंकर अग्रवालको प्रमुख आतिथ्यता तथा मारवाडी युवा मञ्च नारायणगढका अध्यक्ष सन्दिप अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्रिय युवा संगठनका निवर्तमान अध्यक्ष कञ्चन अग्रवाल, मारवाडी महिला मञ्च नारायणगढकी उपाध्यक्ष उषा अग्रवाल, मारवाडी सेवा केन्द्र नारायणगढका उपाध्यक्ष सुरेश राठी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको क्षेत्रीय सभापति नितेश महेश्वरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट