गृह » क्षयरोगको आधुनिक मेसिन जडान
स्वास्थ्य

क्षयरोगको आधुनिक मेसिन जडान

कावासोती । नवलपरासीमा पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने आधुनिक मेसिन जडान भएको छ ।
नेपाल सरकारले जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा क्षय रोगको किटाणुको जिन पत्ता लगाउन आधुनिक मेसिन जडान गरेको हो । सरकारको सहयोगमा अस्पतालले क्षयरोगका बिरामीहरुको पहिचान गर्न र किटाणु पत्ता लगाउन जिल्लामै पहिलो पटक जिन ईक्सपर्ट मेसिन ४ मोडुल नामक आधुनिक मेसिन जडान गरी मंगलबारदेखि नै क्षयरोगको परिक्षण सुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए ।
विदेशबाट आयात हुने ५० लाखको यो मेसिन सरकारले ५० प्रतिशत अनुदानमा खरिद गरी यस अस्पतालमा जडान गरेको हो । एकै पटकमा चार बिरामी चेक गर्ने यस आधुनिक मेसिनबाट निःशुल्क बिरामीहरुलाई चेकजाँच गरिने समितिका अध्यक्ष श्रीवास्वतले बताए । क्षयरोग परीक्षण गराउन आउने बिरामीलाई दूरीको हिसाबले यातायात खर्च समेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाहिर यस मेसिनबाट क्षयरोग परीक्षण गराउँदा प्रति व्यक्ति २ देखि ४ हजार सम्म खर्च लाग्ने छ तर यस अस्पतालले निःशुल्क रुपमा उक्त परीक्षण गरी औषधिसमेतको व्यवस्था मिलाउने बताएको छ । विगतका दिनहरुमा क्षयरोगको रिपोर्ट आउँन २ देखि ४ महिनासम्म कुर्नु पथ्र्यो तर यस आधुनिक मेशिनले २ घण्टामै रोग पत्ता लगाउन साथ किटाणुसमेत पत्ता लगाउन मद्दत गर्ने राष्टिय क्षयरोग केन्द्रका स्टोर इन्चार्ज कमल भट्टराईले बताए ।

 

 

Comments

About the author

चितवन पोष्ट