गृह » सडक निर्माणको आयव्याय सार्वजनिक
समाचार समाज

सडक निर्माणको आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका–१० कल्याण टोल स्थित हरिहर डेरी मार्गमा गरिएको कालोपत्रे सडकको आयव्याय सार्वजनिक गरिएको छ ।
रत्ननगर–१० का वडाध्यक्ष केशव आचार्य प्रमुख अतिथि रहेको कार्यक्रमको आयोजना गरी हरिहर डेरी मार्ग कालोपत्रे उपभोक्ता समितिले शनिबार आयव्यय सार्वजनिक गरेको हो । कुल १८ लाख १७ हजार १५७ रूपैयाँमा सो मार्ग कालोपत्रे गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । उपभोक्ता समितिकी कोषाध्यक्ष रीता शर्माले कालोपत्रे काममा लागेको आम्दानी खर्चको विवरण सार्वजनिक गरेकी थिइन् ।
रत्ननगर नगरपालिकाबाट प्राप्त १२ लाख ७२ हजार र पाँच लाख ४५ हजार १४७ रूपैयाँ जनसहभागिताबाट कालोपत्रेको काम गरिएको थियो । यसअघि तीन मिटर रहेको सो मार्ग स्थानीयको सहयोगमा ६ मिटर बनाएर कालोपत्रे गरिएको उपभोक्ता समितिका अध्यक्ष ओझाले बताए । उपभोक्ता समितिकै पहलमा सोही मार्गमा खानेपानीको पाइपसमेत विस्तार गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट