गृह » ट्राफिक व्यवस्थापनबारे सचेतनामूलक कार्यक्रम
समाचार समाज

ट्राफिक व्यवस्थापनबारे सचेतनामूलक कार्यक्रम

भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहयोग तथा चितवन रोटरी क्लब र चितवन रोट्¥याक्ट क्लबको संयुक्त आयोजनामा नारायणगढमा शनिबार ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
चितवन रोट्¥याक्ट क्लबका अध्यक्ष जनककुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ‘हर्न नबजाऔं, ध्वनि प्रदूषण कम गरौं, ट्राफिक लेन अनुशासनको पालना गरौं, सवारी साधन सिमित गतिमा चलाऔं लेखिएका प्लेकार्ड बोकी रोट्¥याक्टहरु नारायणगढ बजार परिक्रमा गरेका चितवन रोट्¥याक्ट क्लबका सहसचिव निरज खनालले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट