गृह » भोजाडमा रक्तदान कार्यक्रम
समाचार समाज स्वास्थ्य

भोजाडमा रक्तदान कार्यक्रम

भरतपुर । समन्वय टोल विकास संस्था भरतपुर–११ भोजाडको आयोजनामा शनिबार भएको खुला रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी भरतपुरको प्राविधिक सहयोग तथा समन्वय युवा क्लबको संयोजनमा भएको कार्यक्रममा ८ जना महिलासहित ३६ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष बाबुराम अधिकारीले समन्वय टोलको कार्य उदाहरणीय रहेको भन्दै प्रशंसा गरे । उनले आफ्नो वडामा नै टोल विकास संस्थाले पहिलो पटक रक्तदान कायक्रम गरेकोमा खुसीसमेत प्रकट गरे । कार्यक्रमका सभापति तथा समन्वय टोल विकास संस्थाका अध्यक्ष बालचन्द्र पोख्रलले सामाजिक उत्तरदायित्व र मेडिकल सिटीले चिनिने चितवनमा हुने रगत अभावको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । साथै उनले कार्यक्रम सोचेभन्दा सफल भएको भन्दै सहयोगी सबै प्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा समन्वय युवा क्लबका सदस्यहरुले संयोजनको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम सफल बनाउन पुडासैनी सप्लायर्स, वीरदीप हार्डवेयर, गीताञ्जली गल्र्स होस्टल, समन्वय महिला समूह, रंगिला दिदीबहिनी समूह तथा कुसुम मल्लले विशेष सहयोग गरेको संस्थाकी सचिव सावित्रा सिग्देलले जानकारी दिइन् ।

Comments

About the author

चितवन पोष्ट