गृह » सहिद बलराम दुग्धको साधारण सभा
समाचार समाज

सहिद बलराम दुग्धको साधारण सभा

वीरेन्द्रनगर । राप्ती ७ वीरेन्द्रनगरमा रहेको सहिद बलराम दुग्ध उत्पादक सहकारीको २४ औँ साधारण सभा सम्पन्न भएको छ । छविलाल भुसालको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा क्षेत्र नम्बर १ बाट विजयी भएका सांसद सुरेन्द्र पाण्डे थिए । कार्यक्रमको विशिष्ट अतिथिमा सांसद दावादोर्जे लामा र राप्ती नगरपालिकाकी मेयर प्रभा बराल रहेकी थिइन् । उनीहरुले मन्तव्यको क्रममा बलराम दुग्ध उत्पादक सहकारीको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा सहकारी संघका उपाध्यक्ष हरिप्रसाद पौडेल र जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदीलगायतले मन्तव्य दिएका थिए । वार्षिक आयव्यय अध्यक्ष भुसालले प्रस्तुत गरेका थिए । लेखा प्रतिवेदन ओमराज खरलले पेश गरेका थिए । आगामी नीति तथा कार्यक्रम व्यवस्थापक खुदराज पन्तले प्रस्तुत गरे ।

Comments

About the author

चितवन पोष्ट