गृह » माघे सक्रान्तिमा नारायणी किनारमा नेपथ्यको कन्सर्ट
कला समाचार समाज

माघे सक्रान्तिमा नारायणी किनारमा नेपथ्यको कन्सर्ट

भरतपुर । आगामी माघ १ गते नारायणी नदी किनारमा हुन लागेको नेपथ्य लाइभ कन्सर्ट–२०१८ को तयारी तीव्र पारिएको छ ।
मेट्स् एजुकेशन प्रालिको मुख्य प्रायोजनमा दाताज् इभेन्ट म्यानेजमेन्टले चितवनमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नेपालमै सबैभन्दा बढी रूचाइएको ब्याण्डमार्फत मनोरञ्जन लिनको लागि टिकट बिक्री सुरू भइसकेको दाताज् इभेन्ट म्यानेजमेटका अध्यक्ष दाताराम घिमिरेले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।
करिब तीन घण्टासम्म चल्ने कार्यक्रममा सहभागी हुनको लागि पाँच सय र एक हजार रूपैयाँको टिकटको व्यवस्था मिलाइएको घिमिरेले बताए । कार्यक्रममा दश हजारभन्दा बढीले सहभागिता जनाउने आयोजकले दाबी गरेको छ । नेपालकै चर्चित ब्याण्ड नेपथ्यले नेपाली लोक तथा आधुनिक गीतको क्षेत्रमा मह¤वपूर्ण भूमिका खेलेको छ । कार्यक्रमलाई सफल पार्नको लागि आउँदो आइतबारदेखि चितवन र आसपासका क्षेत्रमा ‘प्रि–इभेन्ट म्युजिकल टुर’ गर्ने तयारी समेत भइरहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि भने चितवनका स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् ।
कार्यक्रममा सहभागी हुने दर्शकहरूका लागि दिउँसो ४ बजेबाट गेट खुला गरिने र साँझ ६ बजेबाट कार्यक्रम सुरू गरिने आयोजकले जनाएको छ । नदी किनारमा हुने भएकोले सुरक्षा व्यवस्थालाई पनि मजबुद बनाइने दाताज इभेन्ट्स्का अध्यक्ष घिमिरेले जानकारी दिए । ब्याण्डसँगै सुरक्षा व्यवस्था पनि आउने भएकोले यहाँको स्थानीय सुरक्षा निकायसँग पनि समन्वय गरेर कार्यक्रमलाई सफलताका साथ सम्पन्न गरिने उनले बताए ।

 

Comments

About the author

चितवन पोष्ट