गृह » जापान घुम्दै सागर
कला समाचार समाज

जापान घुम्दै सागर

 

नागोया (जापान) । नेपाल आइडलको टप चारबाट बाहिरिएका गायक सागर आलेमगर अहिले देशविदेशका विभिन्न सांगितिक कार्यक्रमहरूमा व्यस्त छन् । उनलाई स्वदेशमा मात्रै नभई विदेशका विभिन्न स्थानबाट पनि सांस्कृतिक कार्यक्रमको लागि निमन्त्रणा आइरहेका छन् । सबै खालका गीत गाउने खुबी भएका गायक सागरको लागि नेपाल मगर संघ जापानले पनि यही डिसेम्बर ३० तारिखका दिन जापानको नागोयास्थित साकाईमा ‘सागर आले सांगितिक कार्यक्रम’ आयोजना गर्दैछ । जसको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष नेपाल मगर संघ जापनका अध्यक्ष गंगा घर्तीमगरले जानकारी दिए ।
डिसेम्बर २४ तारिखका दिन जापानको टोकियोमा आयोजित लाङ्घाली साँझ–२०१८ मा सहभागी भएका सागर डिसेम्बर २९ मा जापानकै तोचिगी शहरमा हुने सांगितिक कार्यक्रममा सहभागी भएपश्चात नायोगाको साकाईस्थित आपा होटलमा हुने कार्यक्रममा सहभागी हुने समाजका पूर्व अध्यक्ष दीलिप रानामगरले जानकारी दिए । कार्यक्रम भने दिउँसो १२ बजेबाट सुरू हुने आयोजकले जनाएको छ ।
त्यस्तैगरि गायक आलेले डिसेम्बर ३१ तारिखका दिन नेपाल आदिवासी जनजाति महासंघ क्ुसो फुकुओकामा र जनवरी १ तारिखका दिन जापानकै ओसाकामा आफ्नो प्रस्तुति दिँदैछन् । जनवरी १ तारिखका दिनमा हुने कार्यक्रममा भने नेपालबाट आएका पप गायिका तारा श्रीषमगर र लेट मि डान्स सिजन टु कि बिजेतविष्णु दगामी मगरले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् । साथै जापानमै रहेर नेपाली गीतसंगीतलाई पनि निरन्तरता दिइरहेका लोक गायक भुवन थापामगर र नृत्याङ्गना मीरा दर्लामी मगरले पनि आ–आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको संघका अध्यक्ष घर्तीमगरले जानकारी दिए ।
अंग्रेजी नयाँ वर्षको उपलक्षमा जापानमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रमबाट संकलित रकमलाई असहाय बालबालिकाको लागि खर्च गरिने आयोजकले जनाएको छ । नेपाल मगर संघ जापानले पायक पर्ने सबैलाई कार्यक्रममा सहभागीता जनाएर कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नमा सहयोग गरिदिन पनि आग्रह गरेको छ । यसअघि पनि उनले जापानसहित विश्वका विभिन्न मुलुकमा भएको सांगितिक कार्यक्रममार्फत त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिलाइसकेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट