गृह » माओवादीमा अन्तर्घात गर्नेलाई कारबाहीको माग
राजनीति

माओवादीमा अन्तर्घात गर्नेलाई कारबाहीको माग

कावासोती । नवलपरासीमा नेकपा (माओवादी केन्द्र) ले हालै सम्पन्न निर्वाचनमा जिल्लाका सम्पूर्ण स्थानमा हारे पछि जिल्लामा अन्र्तघात भएको भन्दै पार्टीका समीक्षा बैठकहरुमा अन्तर्घात गरेकाहरुलाई कारबाहीको माग गरेको छ ।
निर्वाचनमा दाउन्ने पश्चिम नवलपरासी संयुक्त वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य घनश्याम यादव र प्रदेशसभा २ (२) मा माओवादीका जिल्ला सदस्य कन्हैया कहारले उमेदवारी दिएका थिए । जिल्लामा वाम गठबन्धनका तर्फबाट उमेदवारी दिएका एमालेका सबै उमेदवारहरुले जितेका छन् भने माओवादी केन्द्रका सबै उमेदवारहरु हारेका छन् ।
निर्वाचन सम्पन्नपछि बसेको नगर र गाँउपालिकाहरुका समीक्षा बैठकहरुमा पार्टीका केही नेतास्तरबाट नै अन्र्तघात भएको भन्दै पार्टीमा अन्र्तघात गर्नेको छानबिन गरी कारबाही गर्नुपर्ने माग भएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक सूर्य न्यौपानेले बताए । सुनवल, बर्दघाट, रामग्राम नगरपालिकाकालगायतका समीक्षा बैठकहरुमा पार्टीका पोलिटब्युरो सदस्य राजुप्रसाद हरिजनले नेपाली कांग्रेसका उमेदवारसँग मिलेर माओवादीका आफ्नै पार्टीका उमेदवारलाई हराएको भन्दै बैठकमा छानविन गरी कारबाहीको माग गरेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले अन्र्तघात र अनुशासनको छानविन गर्नका लागि नेता तिलक परियारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

Comments

About the author

चितवन पोष्ट