गृह » बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
कला समाचार समाज

बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

नवलपरासी । एबीसी नेपाल नवलपरासीको आयोजना तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा सृजनशील सम्वाद केन्द्र तिलौलीले बालविवाहविरुद्ध सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
मंगलबार साँझ सरावल गाउँपालिका वडा नम्बर २ तिलौलीमा भएको कार्यक्रममा सृजनशील सम्वाद केन्द्रका अध्यक्ष उषादेवी ठाकुरको अध्यक्षतामा सुरू भएको कार्यक्रमको प्रमुख अतिथि सरावल गाउँपालिकाको वडानम्बर २ का वडा सदस्य एवम् समाजसेवी छिमादेवी राय रहेकी छन् । सोही अवसरमा बोल्दै प्रमुख अतिथि रायले बालविवाह एउटा समाजमा जरो गाडेर बसेको सामाजिक विकृति हो जसलाई समाजका अगुवा, बुद्धिजीवी, समाजसेवीलगायत सम्पूर्णले बालविवाह न्यूनीकरण गर्नमा यस किसिमको कार्यक्रमहरुमा जोड दिनुपर्ने बताएका थिए ।
बालविवाहले समाजमा नराम्रो सन्देश जाने भएकोले बालविवाह विरुद्ध सडक नाटकलगायत अन्य मञ्चीय नाटकहरु गरेर यसको न्यूनीकरणमा सबै एकजुट हुनुुपर्ने बताएका हुन् । सो अवसरमा अतिथिहरुमा प्रशिक्षक कविता चौधरी, सृजनशील सम्वाद केन्द्रका सदस्य राजकुमारी हरिजन, रुपादेवी हरिजन, राजेन्द्र हरिजनलगायतको उपस्थति रहेको थियो ।
नाटकबाट सृजनशील सम्वाद केन्द्रका किशोरीहरुले समाजमा बालविवाह कसरी हुन्छ र बाल विवाहबाट जिम्मेवारी नबुझेर ती विवाहित बालिकालाई के कसरी दुःख पीडाको सामना गर्नुपर्छ भनेर दर्शाइएको थियो । सो कार्यक्रमको सञ्चालन भने सामुदायिक रेडियो दाउन्नेका समाचार वाचक तथा कार्यक्रम प्रस्तोता टेकबहादुर हरिजनले गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट