गृह » गौं सेवककालागि कपडा सहयोग
समाचार समाज

गौं सेवककालागि कपडा सहयोग

देवघाट । वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमका गौं सेवकका लागि नारायणगढका महिला व्यवसायीहरुले जाडोका कपडा सहयोग गरेका छन् ।
सोमबार आश्रम परिसर पूजा सहेली की सावित्री पौडेल, धन्वन्तरी क्लिनिकका ऊषा सुवेदी, सुमन मिनरल वाटरका मेनका चापागार्इँ काप्री र किड्स वल्र्डका रोमी श्रेष्ठले जाडोका १२थान कपडा सहयोग गरेका हुन् ।
सो अवसरमा परिषद्का कार्यालय सचिव योगाचार्य यदुनाथ पोखरेलले दानदाताहरुको सहयोगले आश्रम चलिरहेको बताए । व्यवसायी उषा सुवेदीले लोपोन्मुख गाईहरुको संरक्षणमा लागिपरेका गौंसेवकलाई सहयोग गर्न पाउँदा गाौरव लागेको बताए । आश्रम विगत तीन दशकदेखि स्थानीय प्रजातिको गाईहरुको संरक्षण गरिँदै आएको छ ।
राष्ट्र गुरु योगिनरहिनाथले नै वागिश्वरीधाममा पनि गौसंरक्षणको पहल गरेका हुन् । हाल आश्रम मा १२ जना गौसेवक र १७५ भन्दा वढी गाई रहेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट