गृह » ‘अबको सरकार बलियो’ 
राजनीति समाचार समाज

‘अबको सरकार बलियो’ 

?

–तुलमान गुरूङ
भरतपुर । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकार अहिलेको जस्तो कमजोर नहुने बताएका छन् ।
चितवन उद्योग संघले भरतपुरमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले शेरबहादुर देउवा नेतृत्वको सरकार कमजोर भएको बताएका हुन् । ‘हिजोको सरकार जस्तो कमजोर होइन, अबको सरकार एकदमै बलियो बन्छ,’ उनले भने, ‘त्यसैले तपाइँहरूले भनेका कुरा अबको सरकारले पूरा गर्छ ।’
अब वाम सरकार बनिसकेपछि चितवनको विकासले पनि गति लिने उनले दाबी गरे । ‘समग्र देशको आर्थिक विकासको लागि अहिलेको ऐनका व्यवस्थालाई सुधार्नुपर्छ,’ उनले भने, ‘आयातनिर्यातसँग सम्बन्धित राष्ट्रको हित विपरीतका कानुनलाई संशोधन गर्न सक्यौँ भने आउने पाँच वर्षभित्रमै आर्थिक क्रान्तिलाई सफल पार्न सकिन्छ ।’
निजी क्षेत्रसँग अब बन्ने सरकारले नजिकबाट सहकार्य गर्ने उनले बताए । ‘यसको लागि निजी क्षेत्रसँगको अन्तक्र्रिया आवश्यक छ,’ उनले भने, निजी क्षेत्रबाट आएका सुझावलाई अबको सरकारले सम्बोधन गर्नेछ । अबको सरकारले भनिसकेपछि त्यो लागू हुन्छ ।’ निजी क्षेत्रको विकासको लागि उद्योग वाणिज्य महासंघसँग पनि गम्भीर रूपमा छलफल भएको दाहालको भनाइ छ । चितवनका जनताले विश्वास गरेर जिताएको भन्दै अध्यक्ष दाहालले आफूले जनतासामु प्रस्तुत गरेको विकासका योजनालाई जसरी भए पनि पूरा गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

Comments

About the author

चितवन पोष्ट