गृह » निर्वाचन पर्यवेक्षणबारे अन्तक्र्रिया
समाचार समाज

निर्वाचन पर्यवेक्षणबारे अन्तक्र्रिया

भरतपुर । भोलि बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर  निर्वाचन पर्यवेक्षणबारे मंगलबार अन्तक्र्रिया गरिएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोग) को आयोजनामा भएको कार्यक्रममा जिल्लाका १७ जना पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । निर्वाचनको क्रममा हुने विभिन्न गतिविधिहरु र घटनाको सन्दर्भमा सत्यतथ्य र निष्पक्ष पर्यवेक्षण गर्न पर्यवेक्षकहरुलाई आग्रह गरिएको थियो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनका क्रममा भएका सम्पूर्ण विवरणहरु पर्यवेक्षण गरी पेस गर्न अनुरोध गरेका थिए । सोही कार्यक्रममा पर्यवेक्षण समितिका जिल्ला पर्यवेक्षक अधिवक्ता सुदिप वस्तीले सम्पूर्ण पर्यवेक्षकहरुलाई भयरहीत र निष्पक्ष ढंगले पर्यवेक्षण गरी प्रतिवेदन पेस गर्न अनुरोध गरेका थिए । कार्यक्रममा अधिवक्ता रामकृष्ण अधिकारी, पर्यवेक्षक अनुथापा मगर, बबिता पौडेल, हेमा पौडेल, सञ्जय चौधरीलगायतले पर्यवेक्षणका क्रममा हुन सक्ने समस्या र पर्यवेक्षण गर्ने विषयमा आफ्ना भनाइहरु राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट