गृह » झाडीमा बन्दुक भेटियो
समाचार समाज

झाडीमा बन्दुक भेटियो

भरतपुर । भरतपुर महानगरपालिका वडा नं. ५ कल्याणपुर स्थित नहरको झाडीमा लुकाइ राखेको अवस्थामा कटुवा बन्दुक भेटिएको छ । घटनामा बन्दुक १ नाल, सो मा प्रयोग हुने गोली १ राउण्ड र बम बनाउन प्रयोग हुने बारुदको धूलो १५ ग्राम फेला पारी बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।
मंगलबार राति उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेको सुरक्षा रणनीति अनुसार जिल्लाअन्तर्गत वडा एरियामा शंकास्पद वस्तुहरु खोजी कार्य तीव्र बनाउने उद्देश्यले ३ नं. प्रदेश प्रहरी कार्यालय हेटांैडाबाट तालिम प्राप्त कुकुर झिकाइ विभिन्न संकित ७ स्थानमा सर्च गर्ने उक्त बन्दुक भेटिएको प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवत्ता डीएसपी प्रभुप्रसाद ढकालले बताए ।

Comments

About the author

चितवन पोष्ट