गृह » नवलपरासीमा चुनावको अन्तिम तयारी
समाचार समाज

नवलपरासीमा चुनावको अन्तिम तयारी

नवलपरासी (रासस) । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारीसहित शान्तिसुरक्षालाई व्यवस्थित पारिएको छ । मतदान केन्द्रमा आवश्यक सबै सामग्रीसहित कर्मचारी पुगिसकेका छन् । नवलपरासीमा प्रतिनिधिसभातर्फ चार निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र छन् ।
जिल्लामा कूल २३२ मतदान स्थलका ५१५ वटा मतदात केन्द्रका लागि करिब चार हजार कर्मचारी परिचालन गरिएको छ । प्रदेश नं ४ मा नवलपरासी पूर्वतर्फ प्रतिनिधिसभामा दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् भने प्रदेश नं ५ मा नवलपरासी पश्चिम प्रतिनिधिसभामा दुई प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी जिल्लामा करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ४६ र प्रदेशसभा सदस्यतर्फ १०५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् कूल चार लाख २९ हजार ९५१ मतदाता छन् ।

Comments

About the author

चितवन पोष्ट