गृह » मताधिकारको सदुपयोग गरौँ
सम्पादकीय

मताधिकारको सदुपयोग गरौँ

भोलि मंसिर २१ गते दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४५ जिल्लामा एकसाथ हुँदैछ । यस चुनावले प्रदेशसभा र प्रतिनिधिसभामा नेतृत्व स्थापित गर्नुका साथै देशको पद्धति निर्माणमा पनि ठूलो भूमिका खेल्ने छ । नागरिकलाई राज्यको अधिकार र संविधान कार्यान्वयनका लागि हुन लागेको यस निर्वाचन अवश्य पनि मह¤वपूर्ण छँदैछ, नेतृत्व चुन्ने मतदाताको भूमिका अझै मह¤वपूर्ण रहने छ । मतदाताको भूमिका किन पनि मह¤वपूर्ण छ भने उनीहरु नै निर्णायक हुन् । मतदाताको एक÷एक मतले प्रतिस्पर्धीमा ठूलो हलचल ल्याइदिने तागत हुन्छ । त्यसैले, अत्यधिक मात्रामा मतदानमा सहभागी भएर मताधिकारको सदुपयोग गर्नुपर्छ । नेपालमा भएका विभिन्न निर्वाचनको मतपरिणाम र त्यसले पारेको प्रभावबारे हामीले राम्रोसँग अनुभव गरिसकेका छौँ । एक वा दुई मतान्तरले पराजित हुनु परेका दृष्टान्त केही महिनाअघि सम्पन्न स्थानीय निर्वाचनलाई हेर्दा थाहा हुन्छ । जो एक÷दुई मतको फरकले पराजित हुन्छन्, ती उम्मेदवारलाई एक मतको मह¤व कति रहेछ भन्ने कुराको आभास हुन्छ । आफूले चुन्ने प्रतिनिधि जो विकास अभियन्ता, जनभावनाको कदर गर्ने र जनमुखी प्रशासनको अनुभूति दिलाउन सक्छन्, त्यस्ता उम्मेदवारलाई मतदान गर्नुपर्छ ।
हुन त, चुनावमा सम्भव÷असम्भव सबैखाले प्रतिबद्धता लिएर उम्मेदवारहरुले मतदाता आकर्षित गर्ने प्रवृत्ति कायमै छ । निर्वाचनमा आश्वासनको पोका बोकेर जनताको घरदैलोमा पुग्ने प्रतिनिधि हामीले देखे/भोगेका छौँ । चुनाव जितेपछि मतदाताले उम्मेदवारको नाकमुख देख्न नपाउने, आश्वासन पूरा नगर्ने र सपनाको खेती गर्ने उम्मेदवारलाई होइन, जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने विकासका काम गर्ने उम्मेदवारलाई मतदाताले रोज्नुपर्छ । दलहरुका प्रतिबद्धता हेर्दा र घोषणापत्र अध्ययन गर्दा अति मह¤वाकांक्षी र पूरा हुनै नसक्ने देखिएका छन् । दलहरुका चुनावी प्रतिबद्धतामा सरकारले बजेट भाषणमा ल्याउने योजना तथा कार्यक्रमजस्तो लामो सूची देख्न सकिन्छ । दलहरुले गरेका प्रतिबद्धताको केही प्रतिशतमात्रै इमानदारितापूर्वक कार्यान्वयन हुने हो भने पनि देशमा विकास र समृद्धिको मुल फुट्ने देखिन्छ । मतदातालाई आकर्षित गर्न सबै दलविशेषले सकेजति अभ्यास र कसरत गरिरहेकै छन् । तर, मतदाताले आशाको खेती होइन, उत्पादनमूलक काम गर्ने प्रतिनिधि चाहेका छन् । दैनिक जीवनलाई सहज बनाउन र राज्यबाट प्रदत्त अधिकार प्राप्तिका लागि मतदान गर्न आतुर छन् ।
दलहरुका चुनावी सरगर्मी सकिएर मौन अवधि सुरू भैसकेको छ । सबैजसो दलहरुले मतदाता फकाउन थुप्रै आश्वासनको पोको फुकाएका छन् । कतिपयले मतदातालाई प्रभावित बनाउने खेल पनि खेले होलान् । तर, यो अवधि भनेको मतदाताले कसलाई मतदान गर्ने भन्ने अवधारणा बनाउने समय हो । मतदातामा त्यो अन्योल छ । मतदाताको मन जित्न सफल कुनै पनि दल छैनन् । मतदाताले बेलाबेलामा व्यक्त गरेको तिक्तता र निराशाले त्यसको पुष्टि हुन्छ । प्रतिनिधिसभा र प्रदेशसभामा कुन उम्मेदवार चुन्ने भन्ने विकल्प मतदाताका लागि खुल्ला छ । तर, आफ्नो अमूल्य मतको सदुपयोग हुनुपर्ने कुरामा मतदाता भने सचेत हुनैपर्छ । जनताले चाहे भने असम्भव परिणाम पनि ल्याइदिन सक्छन् र अपेक्षित नतिजा उल्टाइदिने क्षमता राख्छन् । अहिले राजनीतिक चेतना सबै जनतामा पुगिसकेको अवस्था छ । त्यसैले, मतदाताको भूमिका निर्णायक देखिएको छ । निर्णायकको भूमिका निर्वाह गर्ने मतदाताले आफ्नो अमूल्य मतको सदुपयोग गर्दै असल उम्मेदवारलाई छनोट गर्नु आवश्यक छ ।

Comments

About the author

चितवन पोष्ट