गृह » निर्वाचनको मुखैमा किन यस्तो निर्णय ?
पाठक पत्र

निर्वाचनको मुखैमा किन यस्तो निर्णय ?

नारायणगढको मेनरोडवरपर रहेका घरहरु हटाउने तयारी भैरहेको र नारायणगढ बजार संरक्षण समिति नै गठन भई सो समितिले विभिन्न पहल गर्दै सो रोक्न माग हुँदै आएकोमा केही दिनअघि मात्रै सरकारले नारायणगढको मेनरोडवरपर रहेका घरहरु नहटाउने निर्णयहरु मात्र नगरी नारायणगढ बजारलाई सहरी क्षेत्र घोषणासमेत गरेको छ । यो निश्चय पनि स्वागतयोग्य निर्णय भएको छ ।
यस्तै, सरकारले हेटौँडा बजारलाई सहरी क्षेत्र घोषणा गरी वैकल्पिक बाटो बनाई चौकीटोलसम्मको बाटोलाई विस्तार नगर्नेसमेत निर्णय गरेको छ, जुन अर्को स्वागतयोग्य निर्णय भएको छ । तर, यस किसिमको निर्णयको माग र आन्दोलन पटकपटक हुँदासमेत निर्णय नगरेको अवस्थामा निर्वाचनको मुखैमा यस किसिमको निर्णय किन गरियो ? सरकारमा बस्नेहरुले यही समय पर्खेर निर्वाचनको मुखैमा निर्णय गर्दा मत प्रभावित पार्न सकिएला भन्ने गलत नियत नै प्रस्ट भएन र ?
— गोविन्दकृष्ण श्रेष्ठ (हाईस्कुल रोड, रनपा २, टाँडी)

Comments

About the author

चितवन पोष्ट