गृह » अपाङ्गता भएका बिरामीहरुलाई ब्लाङ्केट
अर्थ समाचार समाज

अपाङ्गता भएका बिरामीहरुलाई ब्लाङ्केट

भरतपुर । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लायन्स÷लियो क्लबले भरतपुर अस्पतालमा रहेका अपाङ्गता भएका बिरामीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
लायन्स÷लियो क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा आइतबार अस्पतालको स्पाइलन इन्जुरी केन्द्रमा रहेका बिरामीहरुलाई ब्लाङ्केट र फलफूल वितरण गरिएको हो ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले मेरुदण्ड भाँचिएर उपचार गराइरहेका विभिन्न आठ जना बिरामीलाई ब्लाङ्केट र फलफूल वितरण गरेको जानकारी दिए । चिसो बढ्दै गएको र आर्थिक अवस्था न्यूनभएका बिरामीहरुले उपचार गराइरहेकाले उनीहरुलाई न्यानोका लागि ब्लाङ्केट वितरण गरेको चुकेको भनाइ थियो ।
पाँच वर्ष अगाडि स्थापना भएको स्पाइनल इन्जुरी केन्द्रलाई विभिन्न संघसंस्थासँग मिलेर बोर्ड गठन गरेर सञ्चालन गरिएकोमा दुई हप्ता अगाडिदेखि भरतपुर अस्पतालको स्वामित्वमा ल्याइएको छ ।

 

Comments

About the author

चितवन पोष्ट