गृह » विकाससँगै हिंसा बढ्दै
समाचार समाज

विकाससँगै हिंसा बढ्दै

भरतपुर । सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति हिंसा भएमा कानुनी उपचार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत प्रभात दिदीबहिनी साकोस र लायन्स क्लब अफ भरतपुर चौतारीको संयुक्त आयोजना कानुनी साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।
शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने गरी कोही कसैमा हिंसा हुनेगरेमा सो सहेर बस्न नहुने अधिवक्ता कल्पना उप्रेतीले बताएकी छन् । त्यसैगरी अर्का प्रशिक्षक गोमा न्यौपानेले महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, मानव बेचबिखन, जबर्जस्ती करणी, यौन दुव्र्यवहार, बालविवाहलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा नेफ्स्कुनकी केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि शान्ति अधिकारीले कुनै पनि महिलाको हिंसामा सबै दिदीबहिनीहरु एक भएर लागेमात्र हिंसा न्यूनीकरण हुने बताइन् । कार्यक्रम प्रभात दिदीबहिनी साकोसकी पूर्वअध्यक्ष भगवती पौडेल, लायन्स क्लब अफ भरतपुर चौतारीका भगवती पौडेलको सहभागिता रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ भरतपुर चौतारीका अध्यक्ष बिन्दु पौडेलको अध्यक्षतामा सम्पन्न भएकोे थियो ।

Comments

About the author

चितवन पोष्ट