गृह » विकास निर्माणको पहिलो हिस्सेदार : कांग्रेस
राजनीति समाचार समाज

विकास निर्माणको पहिलो हिस्सेदार : कांग्रेस

मंसिर । नेपाली कांग्रेस खुल्लाबजार अर्थनीतिपछिको नेपाल अहिलेसम्म भएका विकास निर्माणको पहिलो हिस्सेदार कांग्रेस भएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।
नागरिकलाई मालिक बनाउने व्यवस्था लोकतन्त्रको हिमायती कांग्रेस नै हो भन्ने बmुझाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा (ख) का उम्मेदवार प्रकाश अधिकारी एवम् नेपाली कांग्रेसका नेताहरुले आइतबार भरतपुर महानगर वडा नं ५, १० र १२ का अगुवा कार्यकर्ताहरुसँग चुनावी रणनीतिका बारेमा छलफल तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
आम मतदातालाई नेपाली कांग्रेस पार्र्टी र यसले सरकारमा बस्दा गरेका कामहरुको जानकारी गराउँदै निर्वाचित भएपछि आगामी ५ वर्षमा कांग्रेसले गर्ने कामहरुबारे छलफल गरेका थिए ।
सरकार र पार्टीले गरेका जनप्रिय कार्यक्रमहरुको यथार्थ जानकारी मतदातालाई गराउन आग्रह गर्दै मंसिर २१ गते हुने निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । निर्वाचन लोकतन्त्रको प्राण भए पनि यो निर्वाचन सामान्य निर्वाचन नभएको भन्दै यसको यथार्थ जानकारी गराएका थिए । मतदाताले कांग्रेसलाई नै भोट दिने उनीहरुले बताए ।
कांग्रेस कार्यकर्ता निर्वाचनको मिति नजिकिएसँगै फरक रणनीतिका साथ मतदातासम्म पुगिरहेका छन् । आइतबार अगुवा कार्यकर्तासँगको अन्तक्र्रियामा कांग्रेसका जिल्ला सचिव उत्तम जोशी, जिल्ला सदस्यहरु देवकी गौतम, डा ईश्वरीराज लौडारी, महासमिति सदस्य राजेश्वर खनाल, समानुपातिक उम्मेदवारहरु उमा रेग्मी, शान्ति परियारलगायतको उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट