गृह » मतदाता कांग्रेसलाई भोट दिन आतुर : बुर्लाकोटी
राजनीति समाचार समाज

मतदाता कांग्रेसलाई भोट दिन आतुर : बुर्लाकोटी

रत्ननगर । चितवन क्षेत्र न १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले कांग्रेसले देशका हरेक समस्यामा अभिभावकको भूमिका निर्वाह गरेको बताएका छन् ।
चुनावी कार्यक्रममा उम्मेदवार बुर्लाकोटीले अबको समय संविधान कार्यान्वयनसँगै विकासको भएकाले अहिले पनि जनताले कांग्रेसलाई माया गर्ने विश्वास व्यक्त गरे । हरेक आन्दोलनमा कांग्रेसले खेलेको भूमिकालाई जनताले नबिर्सने भन्दै उनले यसपटक मतदाता कांग्रेसलाई भोट दिन आतुर रहेको भन्दै आफू अत्यधिक मतले विजयी हुने बताए ।
आसन्न प्रतिनिधि र प्रदेससभाको निर्वाचनका लागि राप्ती नगरपालिका ५, ६, १२, १३ नम्बर वडामा भएको घरदैलो र कोणसभाका क्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । स्थानीय समस्या खानेपानी, सडक, मार्ताल खोलामा तटबन्ध, ढल ब्यवस्थापनलगायतका समस्या समाधानका लागि अबको समय खर्चने बताए । राप्ती नगरपालिकाका वडा नम्बर १२, १३ मा बिजुली बत्तीको दोहोरो लाइनसमेत अहिलेसम्म नपुगेको भन्दै बुर्लाकोटीले अब विकास गर्ने जिम्मा कांग्रेसलाई छोडिदिन आग्रह गरे ।
त्यसैगरी चितवन क्षेत्र न १ का प्रदेससभाका उमेदवार उत्तम आचार्यले आफू यही ठाउँको बासिन्दा भएको र यहाँका समस्यासँग सधै जानकार रहेकोले यस क्षेत्रको मुहार फेर्नका लागि आफू सधै लागिपरेको बताए । अब विजय भए पश्चात यी ठाँउको समस्या सधैका लागि समाप्त हुने उनले बताए । स्थानीय चुनावमा जितेकाले अहिलेसम्म कुनै समस्यालाई सम्बोधन नगरेको आरोप लगाउदै उनले भने ।

Comments

About the author

चितवन पोष्ट