गृह » ह्विल चियर दौडमा समीर प्रथम
खेलकुद समाचार समाज

ह्विल चियर दौडमा समीर प्रथम

भरतपुर । लियो सप्ताह र विश्व अपाङ्गता दिवसको अवसरमा आइतबार आयोजित लायन्स÷लियो ह्विल चियर दौड प्रतियोगितामा समिर ठकुरी प्रथम भएका छन् ।
लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा राजकुमार मगर द्वितीय र नौसरा थापा तृतीय भए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त र भृकटीपथ टोल सुधार समितिका अध्यक्ष विनय श्रेष्ठले विजेताहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा दुई महिला र दश पुरुष गरी १२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्वगभर्नर प्रभातकुमार जोशी, लियोका रिजन कोर्डिनेटर विकास पाण्डेलगायतको सहभागिता रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ नारायणगढका प्रथम उपाध्यक्ष जीवन गुप्ता, लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष रजनी मास्के र लियो क्लब अफ नारायणगढका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

About the author

चितवन पोष्ट