गृह » ‘१५ हजार मतले जित्छु’
राजनीति

‘१५ हजार मतले जित्छु’

भरतपुर । चितवनको क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार छन् ।
यस क्षेत्रमा चितवनको कालिका नगरपालिकाको ११ वटै वडा, इच्छाकामना गाउँपालिकाको ७ वटै वडा र भरतपुर महानगरपालिकाको २९ वटा वडा मध्ये १० वटा वडाहरु १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी कुल २८ वटा वडाका एक लाख ८ हजार २१९ मतदाता छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने वाम गठबन्धनको कुल ३८ हजार ७०१ र लोकतान्त्रिक गठबन्धनलाई २६ हजार ५२९ मत प्राप्त भएको थियो । यसैलाई आधार मान्ने हो भने यस क्षेत्रमा वाम गठबन्धन १२ हजार १६२ मतले अगाडि रहेको छ ।
भरतपुरकै १० नं. वडा, रमाइलोचोक स्थायी घर भएका वाम उम्मेदवार पोख्रेलले वाम गठबन्धनको प्राप्त मतको अलावा धेरै मत आफूलाई प्राप्त हुने बताएका छन् । उनले आफ्ना प्रतिस्पर्धी रत्ननगर नगरपालिका स्थायी घर भएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शेषनाथ अधिकारीको भन्दा १५ हजारभन्दा बढी मत प्राप्त गरी आफू विजयी हुनेमा ढुक्क रहेको बताउँछन् ।
उम्मेदवारी दर्ता गरेपछिका दिनहरुमा आफ्नो क्षेत्रमा व्यस्त रहेका पोख्रेललाई प्रदेशसभा चितवन क्षेत्र नं. २ ‘क’ का वामपन्थी उम्मेदवार घनश्याम दाहाल र २ ‘ख’ का उम्मेदवार विजय सुवेदीले साथ दिइरहेका छन् ।

Comments

About the author

चितवन पोष्ट