गृह » विपन्न वर्गको मुहारमा हाँसो ल्याउँछु : खनाल
राजनीति

विपन्न वर्गको मुहारमा हाँसो ल्याउँछु : खनाल

रत्ननगर । वाम गठबन्धनबाट चितवन क्षेत्र नं. १ प्रदेशसभा(ख) का उम्मेदवार कृष्णप्रसाद खनालले विपन्न वर्गका जनताको मुहारमा हाँसो ल्याउने गरी विकासको काम गर्ने बताएका छन् ।
चुनावी कार्यक्रमअन्तर्गत रत्ननगरमा भएको कोणसभामा उनले विपन्न वर्गका जनताको आवश्यकता पहिचान गरी विकासको क्रम सुरु गर्ने बताए । ‘हामीले सडक र ढल मात्र बनाएर विकास हुँदैन’ उनले भने, ‘सुकुमबासी र सीमान्तकृत समुदायको आर्थिक अवस्था सुधार पनि गर्नुपर्छ । सुकुमबासी र सीमान्तकृत समुदायको मुहारमा हाँसो ल्याउने गरी उनीहरुको आयआर्जन र राज्यले उनीहरुलाई प्रदान गर्ने अधिकार दिलाउन आफू सधै क्रियाशील रहने उनले बताए । सुकुमबासीलाई लालपुर्जा र सीमान्तकृत जातिले भोग्नु परेको भोक, रोग र गरिबीको पीडा अन्त्यको लागि योजना बनाएर काम गर्ने बताए । जग्गा नभएर खेती गर्न नपाएका बिपन्न वर्गलाई सिप सिकाएर उनीहरुको आर्थिक उपार्जनको माध्यम बनाउने उम्मेदवार खनालले प्रतिबद्धता जनाए । गरिब तथा सीमान्तकृत जातिको सशक्तीकरण गरी उनीहरुलाई राज्यको मुल प्रवाहमा ल्याउने जिम्मेवारी आफ्नो काँधमा रहेको उनको भनाइ छ ।

 

 

 

Comments

About the author

चितवन पोष्ट