गृह » वाम गठबन्धन जनता झुक्याउने खेल : श्रेष्ठ
राजनीति समाचार समाज

वाम गठबन्धन जनता झुक्याउने खेल : श्रेष्ठ

भरतपुर । नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार जीतनारायण श्रेष्ठले वाम गठबन्धन जनता झुक्याउने खेल रहेको बताएका छन् ।
आइतबार भरतपुर महानगरपालिका वडा नम्बर–१ र कालिका नगरपालिका वडा नम्बर ८ मा आयोजित चुनावी सभामा बोल्दै उनले कम्युनिस्टहरु जनतालाई झुक्याउन सिपालु रहेको बताए ।
साम्यवादका कुरा गर्ने अनि समृद्धिका कुरा जोड्ने यो नमिल्ने कुरा भएको भन्दै उनले वाम गठबन्धनका कारण देश ठूलो दुर्घटनामा जाने बताए । जनता अहिले सचेत भएको भन्दै कसैले आमा समूहलाई पैसा बाँड्ने, निर्वाचित भएपछि आमा समूहको भवन बनाइदिन्छु भन्ने लगायतका कामहरु गर्दै आएको बताए । यस्ता कामले जनतालाई झुक्याएर कतिन्जेल हुन्छ उनको प्रश्न थियो । जनताले अहिले समृद्धि र शान्ति खोजेको भन्दै उनले त्यो कांग्रेसको जितबाट मात्रै सम्भव रहेको बताए ।

Comments

About the author

चितवन पोष्ट