गृह » कालिका यामाहा कोषको सहयोग
अर्थ शिक्षा समाचार समाज

कालिका यामाहा कोषको सहयोग

खैरहनी । खैरहनी–८ पर्सामा रहेको कालिका मोटरसाइकल पार्टस्ले सञ्चालन गरेको कालिका यामाहा कोषले गरिब, असहाय तथा विपन्न पाँच जना विद्यार्थीलाई शैक्षिक सहयोग गरेको छ ।
खैरहनी–७ मा रहेको आधारभूत विद्यालय सुल्तानामा अध्ययनरत पाँच विद्यार्थीलाई छात्रवृत्तिसहित स्टेशनरी, पोशाक, झोला, जुत्ता र मोजा सहयोग गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ५ मा अध्ययनरत जुनी चौधरी, सोही कक्षामा अध्ययनरत अनिता परियार, कक्षा ७ मा अध्ययनरत दुर्गा चौधरी, कक्षा २ मा अध्ययनरत अनिल चौधरी र कक्षा ६ मा अध्ययनरत सन्तोष घिमिरेलाई शैक्षिक सहयोग गरिएको हो । कार्यक्रममा कालिका मोटरसाइकल पार्टसका सञ्चालक तथा कोषका संयोजक उत्तम अधिकारी र कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले संयुक्तरुपमा विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए । सोही अवसरमा कोषका संयोजक अधिकारीले सो विद्यालयका पाँच जना विद्यार्थीलाई कक्षा १२ सम्म पढ्दा लाग्ने सबै खर्च कोषले व्यहोर्ने घोषणा गरेका थिए । कालिका मोटरसाइकल पार्टसका २० औं स्थापना दिवसको अवसर पारेर दुई वर्षअघि कोष स्थापना गरी गरिब, असहाय र विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि शैक्षिक सहयोग गर्न सुरू गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा खैरहनी नगरपालिका वडा नं।७ का वडा अध्यक्ष मनेजर चौधरी, चितवन अटो मोबाइल्स डिलर एशोसियसनका उपाध्यक्ष गोपाल भट्टराई, खैरहनी माविमा स्थापित अक्षय कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेल, समाजसेवी घनश्याम प्रधान, एमएडब्लु इन्टरप्राइजेजका मुख्य बिक्री व्यवस्थापक प्रकाश देवकोटा, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष माया महतो, प्रधानाध्यापक कलावती गिरीलगायतले मन्तव्य राखेका थिए । कोषका संयोजक अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमएडब्लू इन्टरप्राइजेजका एरिया सेल्स म्यानेजर राम बोगटी, कालिका मोटरसाइकल पार्टस्का सञ्चालक तथा कोषका निरीक्षक रामचन्द्र कोइराला, कोषका निरीक्षकहरु रक्षा पाण्डे, दीपक अधिकारी, पत्रकार महासंघका सहसचिव सन्तकुमार चौधरी, पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, संघका सहसचिव विकास पौडेल, ग्रेस एफएमका प्रबन्ध निर्देशक अनिल कुँवरलगायतको सहभागिता रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट