गृह » ६० जनाले गरे रक्तदान
समाचार समाज स्वास्थ्य

६० जनाले गरे रक्तदान

नारायणगढ । शहीदचोकमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संथाले शनिबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११ जना महिलासहित ६० जनाले रक्तदान गरेका छन् । बाहिरी जिल्लाबाट उपचारको लागि चितवन आएका बिरामीहरूलाई रक्त अभावबाट उपचार सेवामा असर नपरोस् भनेर संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । वि.सं.२०७० मा स्थापना भएको सहकारी संस्थाले पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका प्रबन्धक प्रकाश पाण्डेले जानकारी दिए ।

संस्थाले सामाजिक सेवामा समेत काम गर्दै जाने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
आगामी दिनमा संस्थाले यो कार्यलाई निरन्तरता दिँदै जाने लक्ष्य लिएको छ । पहिलो कार्यबाट केही अनुभव बटुलेकोले आगामी कार्यक्रममा सजिलो हुने संस्थाले विश्वास लिएको छ । सकेसम्म हरेक तीन÷तीन महिनामा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाको योजना रहेको संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेल जानकारी दिए । सहकारी संस्थाले आर्थिक क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा सहकार्यको काम गर्नुपर्ने भएकोले सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुन आवश्यक रहेको उनको भनाइ छ ।

संस्थाका शेयर सदस्यहरूको सल्लाह र सुझावलाई आधार मान्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्दै जाने योजना रहेको उनले बताए । सुरूमा ३१ जना शेयर सदस्यबाट सुरू भएको यस सहकारी संस्थामा हाल एक हजार दुईसयभन्दा बढी शेयर सदस्यहरूको संलग्नता रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट