गृह » रत्ननगरलाई आधार बनाएर समग्र पूर्वी चितवनको विकास गरिने
राजनीति समाचार समाज

रत्ननगरलाई आधार बनाएर समग्र पूर्वी चितवनको विकास गरिने

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक विकासबारे शनिबार अन्तक्र्रिया गरिएको छ ।
नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले रत्ननगरको आर्थिक विकासबारे उम्मेदवारहरुको प्रतिबद्धता बुझ्न कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले रत्ननगरलाई आधार बनाएर समग्र पूर्वी चितवनको विकास गर्ने बताए । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा रत्ननगर नगरपालिका भित्रै रहेको भन्दै उनले रत्ननगर भित्रका बजारहरुलाई सौराहाको पर्यटनसँग जोड्ने नीति ल्याउने बताए । उनले सौराहाका विकासको लागि पर्यटन पूर्वाधार निर्माणको काम भइरहेको र त्यसलाई अझ तीव्ररुपमा अगाडि बढाउने बताए । रत्ननगरको टाँडी बजारको विस्तारको लागि सरकारी लगानीमा सुपर मार्केट निर्माणको योजना आफूसँग रहेको बताए ।
‘रत्ननगरमा बसपार्क, बधशाला नभएको मैले बुझेको छु’ उनले भने, ‘यसले पनि बजारको विकासमा समस्या भएको छ, म यी कामहरुलाई तत्काल सुरू गर्नेछु ।’ कार्यक्रममा प्रदेशसभा९ख०का उम्मेदवार कृष्णप्रसाद खनालले रत्ननगरको आर्थिक विकासका लागि कृषि र पर्यटनलाई आधार बनाएर विकासको काम सुरू गर्ने बताए ।
कृषिको विकासको लागि पोल्ट्री, माछा, बुंगुरपालनलाई प्राथमिकता दिँदै परम्परागत बालीको संरक्षण र प्रवद्र्धनको लागि सिंचाईलगायत अन्य पूर्वाधार निर्माणको काम अगाडि बढाउने उनले बताए । निर्वाचन लक्षित विकासका योजना सुनाउँदै खनालले रत्ननगरको विकासका लागि हालको रत्ननगर अस्पतालमा विज्ञसहितको सेवा सुविधा उपलव्ध गराउने, पूर्वीचितवनमा बाल अस्पताल निर्माण गर्ने, कयर खोलामा स्थायी तटबन्ध गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगरका अध्यक्ष निरज श्रेष्ठले रत्ननगरको विकासका सम्भावना र चुनौतीका विषयमा उम्मेदवारहरुलाई जानकारी गराएका थिए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरका अध्यक्ष पुरु खनालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु गोपालराज कर्माचार्य, राजेन्द्रकुमार श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुराल, उपाध्यक्ष शंकर गिरीलगायतको सहभागिता रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट