गृह » कांग्रेसको घरदैलो र कोणसभा
राजनीति समाचार समाज

कांग्रेसको घरदैलो र कोणसभा

रत्ननगर । निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवारहरुले जनतासँग भोट माग्न घरदैलो र कोणसभालाई तीव्र पारेका छन् ।
चितवन क्षेत्र नं।१ का प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र प्रदेश सभा ख का उम्मेदवार उत्तम आचार्यले आफनो चुनावी योजना सुनाउन घरदैलो र कोणसभालाई तीव्रता दिएका हुन् । रत्ननगर नगरपालिका वडा नं १ र २ मा घरदैलो पछि आयोजित कार्यक्रममा बुर्लाकोटीले पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाए । बालबालिका भविष्यका कर्णदार भएकाले उनीहरुको स्वास्थ्य रक्षाका लागि यहाँ बाल अस्पताल निर्माण गर्ने योजना रहेको सुनाए । पूर्वी चितवनका महिलाहरुको लागि सरकारी प्रसुति गृह र युवाहरुको लागि उपयुक्त स्थानको छनौट गरी कबर्डहल निर्माण गर्ने उनले प्रतिबद्धता जनाए ।
रत्ननगर नगरपालिकाअन्तर्गत वडा नं। ५, ६ र ७ मा गरिएको कोणसभामा प्रदेशसभाका उम्मेदवार आचार्यले गरिब तथा विपन्न वर्गका समुदायका बालबालिकालाई शिक्षाको पहँुच पु¥याउन सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताए । उनले सडकको स्तरोन्नति, सिंचाईलगायत सौराहाको पर्यटन विकासको लागि पूर्वाधार निर्माण गर्ने बताए । उनले आफ्नै कार्यकालमा सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने बताए ।

Comments

About the author

चितवन पोष्ट