गृह » कृषक आफैले मूल्य तोक्न पाउनुपर्छ : कोइराला
राजनीति समाचार समाज

कृषक आफैले मूल्य तोक्न पाउनुपर्छ : कोइराला

भरतपुर । नेपाली कांग्रेसका युवा नेता एवम् चितवन क्षेत्र नं ३ क  का प्रदेशसभा सदस्य उम्मेदवार दिनेश कोइरालाले २१ गतेसम्म साथ दिन आग्रह गरेका छन् । रामपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले २१ गतेसाथ दिए ५ बर्ष आफूले हरेक सुखदुखमा साथ दिने बताए । कोइरालाले सो चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई जिताएमा ५ बर्ष भित्रमा सडक पिच गरिसक्ने प्रतिबद्धता दोहो¥याउनु भएको हो । कोइरालाले आफूले कृषकका सुखदुखमा साथ दिएर उब्जाउ भएका कृषि उपजका बस्तुको उचित बजारीकरण गरी छाड्ने बताए ।
कोइरालाले भने, ‘यदि यहाँहरुले २१ गतेसाथ दिनुभयो भने म ५ बर्ष सम्म यहाँहरुको साथमा हुनेछु । ‘मैले चितवनका विभिन्न स्थानमा कृषिको राम्रो पकेट क्षेत्र भएकोले यहाँ उत्पादित वस्तुलाई उचित बजारी करण गर्नेछु’ ।
गैर कृषि व्यापारीले गरेको उत्पादित कृषि वस्तुको मूल्य तोक्न रोक्ने र यसको निश्चित संयन्त्र र नीति बनाई कृषकलाई सहयोग गर्छु ।
कोइरालाले अधिकांश क्षेत्रमा बिचौलियाको बिगबिगी रहेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए । उहाँले पर्यटन, शिक्षालगायतका क्षेत्रमा भएको समस्या निराकरण गर्न पहलगर्ने समेत प्रतिबद्धता जनाए ।

 

Comments

About the author

चितवन पोष्ट