गृह » कांग्रेस क्षेत्र नं २ को घरदैलो
राजनीति समाचार समाज

कांग्रेस क्षेत्र नं २ को घरदैलो

भरतपुर । नेपाली कांग्रेस चितवन क्षेत्र नं–२ ले शनिबार भरतपुर–१२ मा घरदैलो तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तत्र्रिmया कार्यक्रममा नेपाली कांग्रेस चितवन क्षेत्र नं–२ का प्रतिनिधि सभाका उम्मेदवार शेषनाथ अधिकारी एवम् प्रदेशसभाका उम्मेदवार प्रकाश अधिकारी लगायत नेपाली कांग्रेसका नेताहरु सहभागी भएका थिए ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्लानेताहरु सहभागी भएका थिए । भरतपुर–१२ का मुनालचोक, राधाकृष्णटोल, नवरत्नटोल जागृतिटोल, मञ्जुश्रीटोल, पोखरेली टोल, शुभलक्ष्मीटोलमा घरदैलो कार्यक्रम भएको हो । यसैगरी नेपाली कांग्रेस भरतपुर–१० बुथ समितिले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गर्दै भरतपुरमा महिला ¥याली सम्पन्न गरेको छ

Comments

About the author

चितवन पोष्ट