गृह » नवचन्द्रमा सहकारीको साधारण सभा
अर्थ समाचार समाज

नवचन्द्रमा सहकारीको साधारण सभा

भरतपुर । नवचन्द्रमा उपभोक्ता सहकारीको नवौ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले प्रगति तथा आर्थिक प्रतिवेदन र नीति तथा कार्यक्रम पास गरेको छ । करिब १५० जना सदस्य रहेको सहकारीको साधारण सभामा ३५ लाख २७ हजार ४९४ रूपैयाँ बजेट रहेका पास गरेको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष पदमपाणि सुवेदी, नेफ्स्कुनका पूर्वकेन्द्रीय सदस्य इन्द्रज्योति पौडेल, नव दुर्गा बचत तथा ऋण सहकारीका अध्यक्ष शिव सापकोटा, सदस्य कुलप्रसाद सापकोटा, सम्झना पराजुलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रामशरण प्याकुरेलले प्रगति प्रतितिवेदन, विष्णुप्रसाद सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

Comments

About the author

चितवन पोष्ट