गृह » आईसीएफसी फाइनान्सको नयाँ शाखा
अर्थ

आईसीएफसी फाइनान्सको नयाँ शाखा

भरतपुर । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो सेवा राज्यभर विस्तार गर्नेक्रममा शुक्रबारदेखि नारायणगढमा १७ औँ शाखा सञ्चालन गरेको छ ।
आव ०७४/०७५ को कार्तिक मसान्तमा रु. ३ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको यस फाइनान्सले हालसम्म १६ वटा शाखा र १३ वटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । चुक्ता पुँजी रु. ८० करोड १७ लाख रुपैयाँ रहेको यस फाइनान्सले हालसम्म ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै रु. ७ अर्ब १९ करोड निक्षेप संकलन र रु. ५ अबर्् ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।
बैंकिङ सेवामा नेपाली जनताको पहु“च बढाउन फाइनान्सले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहेको छ । साथै, यस फाइनान्सले ग्राहक महानुभावहरुलाई कार्डमा आधारित सुरक्षित कारोबारका लागि चिप प्रविधिमा आधारित डेविट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट