गृह » एड्स सम्बन्धी एक दिने गोष्ठी
समाचार समाज स्वास्थ्य

एड्स सम्बन्धी एक दिने गोष्ठी

भरतपुर । विश्व एड्स दिवसको अवसरमा शुक्रबार भरतपुर–१३ मा एचआईभी एड्स सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । गीतानगर जेसिजको आयोजना हिमाल दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय चम्पानगरमा अध्यनरत १२१ जना विद्यार्थीहरूकाबीच कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक त्रिलोचन सापकोटा प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि सापकोटाले अझै पनि लाजमान्ने प्रवृत्ति र एचआईभी एड्स सम्बन्धी सचेतनाको कमीले गर्दा यो संक्रमण फैलिँदै गएको बताए । साथै शिक्षित आफ्ना विद्यार्थीलाई आफूले जानेका र गोष्ठीबाट सिकेका कुरा परिवार र समुदायमा बाँड्न अनुरोध गरे । सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक एवम् चितवन पोष्ट दैनिकका सहसम्पादक मुधुसुदन दवाडीले एचआईभी एड्सको सचेतना जगाउन यस्ता कार्यक्रमहरूलाई गाउँगाँउसम्म पु¥याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै शिक्षक बलराम अर्यालले अझै पनि एचआईभी एड्स सम्बन्धी सचेतनासँगै शिक्षाको अभावले संक्रमितहरू खुलेर आउन नसकेको कारण यो संक्रमण फैलिंदै गएको बताए । गीतानगर जेसिजका अध्यक्ष एवम् कार्यक्रमका सभापति गोविन्द आचार्यले गतवर्ष झैँ योवर्ष पनि कार्यक्रमलाई निरन्तर दिएको बताए । विश्वमा नै एचआईभी एड्स संक्रमितको संख्या बढ्दै जाँदा विद्यार्थी जगतबाटै यसको समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।
साथै एचआईभी एड्सका कार्यक्रम गाँउ टोलमा निरन्तररूपमा आयोजना गरिने उनले बताए । कार्यक्रमलाई आविष्कार चापागाईं करिव २ घण्टा प्रशिक्षण गरेका थिए । कार्यक्रम संयोजक रामहरि ढकालले कार्यक्रम माथि प्रकाश पारेका थिए ।
नवलपरासीमा ४०६ जना एचआईभी संक्रमित
त्यसैगरी नवलपरासी जिल्लामा ४ सय ६ जना एचआईभी संक्रमितको पहिचान भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य निरीक्षक रामचन्द्र पौडेलका अनुसार जिल्लामा २०४ पुरूष, १९९ महिला र ३ जना तेश्रो लिंगीसहित हालसम्म ४०६ जना एचआईभी संक्रमित पहिचान भएको बताए ।
जसमध्ये २४ जना बालक र २२ बालिका गरी ४६ जना बालबालिका रहेका छन् ।
सन् २०१७ को नोभेम्बरसम्ममा १४ जना एचआईभी संक्रमितको ज्यान गएको जनस्वास्थ्य निरीक्षक पौडेलले बताए ।
जिल्लामा ५५८ जना एचआईभी संक्रमितको संख्या रहेको अनुमान गरिएको उनले बताए । पहिचान भएकामध्ये ३८० जनाले एआरटी औषधी सेवन गरिरहेको जानकारी दिए ।
एचआईभी संक्रमितहरुले सेवन गर्ने एआरटी औषधि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीबाट वितरण गर्ने हुने गर्दछ । जिल्लामा परासीबाटमात्र औषधि वितरण हँुदा दाउन्ने सुस्तापूर्वका एचआईभी संक्रमितहरुले भने औषधि सेवनमा असुविधा भएको बताउँदै आएका छन् ।
यसैबीच, शुक्रबार ३०औँ विश्व एड्स दिवसको अवसर पारेर नवलपरासीको परासी, महेशपुर, सूर्यपुरा, बर्दघाट, सुनवललगायतका क्षेत्रमा सचेतनामूलक कार्यक्रम भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी, लुम्बिनी प्लस, सहभागी, युथ भिजन, निलहिरा समाज, एफ पानलगायका संस्थाको आयोजनामा विभिन्न ठाउँमा सचेतनामूलक ¥याली, पर्चा वितरण भएको लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले बताइन् ।
चितवनमा ८३ जना एचआईभी संक्रमित
सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४५० जनाले एचआइभी परीक्षण गराएका छन् ।
परिक्षण गराएकामध्ये ८३ जनामा एचाआईभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआईभी परीक्षण गराएका हुन् ।
समुदायमा गरिएका कार्यक्रममा एक हजार १५० जनाले एचआईभी परीक्षण गराएको उनले बताए । सन् २०१६ मा जिल्लामा १५ हजार २२८ जनाले एचआइभी परीक्षण गराएका थिए भने ६९ जनामा संक्रमण भेटिएको सापकोटाले बताए ।
भरतपुर अस्पतालका एआरटी सेन्टरका डा उन्नत श्रेष्ठका अनुसार एचआइभी भएको शंका लाग्नेबित्तिकै अस्पताल आउनेको संख्या बढेको छ । संक्रमित पनि खुलेर आउन थालेका छन् । अहिले भरतपुर अस्पतालमा एआरटी सेवा लिने संक्रमित ७६४ जना रहेका छन् । सो सेवा लिनेमा पुरुष ३३६, महिला ३६३ र ६५ बालबालिका रहेका छन् । एक सय ३५ जना नयाँ संक्रमितले औषधि सेवन गर्न थालेका छन् । भरतपुर अस्पतालमा सम्पर्कमा रहेकामध्ये पछिल्लो एक वर्षमा ११ पुरुष र छ महिलाको मृत्यु भएको छ ।
यसैबीच, चितवनमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ ३०औँ विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाइदै छ । भरतपुर अस्पताल, एएचएफ नेपालको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो ।

Comments

About the author

चितवन पोष्ट