गृह » मेलमिलाप नचाहनेप्रति
साहित्य

मेलमिलाप नचाहनेप्रति

– राजकुमार श्रेष्ठ
एमाले र माओवादी एकतामा आए
कांग्रेस र उसका भाइको सातोपुत्लो गए
विचार मिल्ने पार्टीजति संगठित भए
देशको विकास अघि बढ्छ मिलिजुली गए ।

वाम भए एक ठाम विश्व थर्काउने छ
टुटाउन र फुटाउन अनेक दोष लगाइने छ
१७ सालमा महेन्द्रले पञ्चायत ल्यायो
कांग्रेसले त्यो दोष पनि कम्युनिस्टलाई नै लायो ।

जब जब नेपालमा वामशक्ति मिल्छन्
कांग्रेसले देशभित्र खतरा भो भन्छन्
वामशक्ति मिल्यो भने देश खतरामा
कांग्रेस–वाम मिल्दाचाहिँ देश एकतामा ?

माओवादी–कांग्रेस मिल्दा गणतन्त्रवादी
एमाले र माओवादी मिल्दा अधिनायकवादी
यस्तो नियम कांग्रेसले कहिलेदेखि लियो
नियम बनाउने महामानव विश्वेश्वर नै थियो ।

उसकै मात्र बिर्ता ठान्छ कांग्रेस यो देशलाई
त्यसले त भाँड्दै हिँड्छ वाम एकतालाई
विदेशीको मुख ताक्ने कांग्रेसको बानी
भारतलाई सुम्पिदियो यो देशको पानी ।

जलस्रोतको दोस्रो शक्ति नेपालको शान
नेपालीले पाएको छैन पानी पनि खान
वाम दलको एकताले विश्व डगमगायो
मोदीको त कुरै छाडौँ ट्रम्प नै धर्मरायो ।
(आदर्श मिडिया हाउस)

 

 

Comments

About the author

चितवन पोष्ट