गृह » मदिरा बिक्री तथा प्रयोगमा रोक
अर्थ समाचार समाज

मदिरा बिक्री तथा प्रयोगमा रोक

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले बिहीबार सूचना जारी गरी राति ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा बन्देज लगाएको छ ।
मंसिर २१ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरी राति ८ बजेपछि निर्वाचन अवधिभर जिल्लाभित्र मदिराजन्य पदार्थ विक्री वितरण र सेवनमा बन्देज गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
सूचनाको उल्लघंन गरी कार्य गरिएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ एवम् प्रचलित कानुन वमोजिम कारबाही हुने समेत कार्यालयले जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट