गृह » विजयनगरमा निःशुल्क आँखा शिविर
स्वास्थ्य

विजयनगरमा निःशुल्क आँखा शिविर

भरतपुर । चितवन आँखा अस्पताल प्रालि भरतपुर–१० ले बुधबार निःशुल्क आँखा शिविर गरेको छ ।
विजयनगरको श्री दुर्गा शेषकान्त अधिकारी उच्च माविमा बिरामीहरुको आँखा परीक्षण गरिएको हो । आँखा रोगीहरुको पहिचान गरि दृष्टिविहीन हुनबाट बचाउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । शिविरमा दृष्टि विशेषज्ञ दिपेन्द्रराज भट्टराई तथा दिवस चौधरी सहितको टोलीले बिरामीको आँखा परीक्षण गरेको थियो । शिविरमा २०० जना बिरामीको आँखा जाँच गरी निःशुल्क चश्मा तथा औषधि वितरण गरिएको छ । शिविर बिहीबार पनि सञ्चालन हुने जनाइएको छ ।

 

Comments

About the author

चितवन पोष्ट