गृह » मेगा एक्सचेञ्ज मेलामा सेवाग्राही बढे
अर्थ

मेगा एक्सचेञ्ज मेलामा सेवाग्राही बढे

नारायणगढ । भरतपुर ओरालोमा रहेको मालश्री मोटर्स प्रालिले वातावरण प्रदूषणलाई कम गराउने उद्देश्यले सञ्चालन गरेको टीभीएस मेगा एक्सचेञ्ज मेलाप्रति सेवाग्राही आकर्षित भएका छन् ।
पुरानो मोटरसाइकलसँग नयाँ मोटरसाइकल साट्दा कम्तीमा पनि २५ हजार रूपैयाँ मूल्य पाउने सुविधासहित प्रालिले यही मंसिर ८ गतेदेखि मेला आयोजना गरेको हो । मेलामा मंगलबारसम्ममा २५० भन्दा बढीले पुरानो मोटरसाइकल ल्याएर नयाँ मोटरसाइकल एक्सचेञ्ज गरिसकेको प्रालिका म्यानेजर सुमितमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजसम्म हुने मेलामा ४०० भन्दा बढी मोटरसाइकल बिक्री गर्ने लक्ष्य राखिएको छ । मंगलबारसम्मको अवधिमा बिक्रीको हिसाबले कम देखिए पनि सम्पर्कमा धेरै आएको तर, टाढाबाट आउन नभ्याएको उनको भनाइ छ । ‘त्यसैले अझै पनि केही दिन थप्नुपर्ने अवस्था छ,’ उनले भने । अप्रत्यक्ष रूपमा सामाजिक कामको लागि पनि मेलाको आयोजना गरिएको प्रालिले जनाएको छ ।
चितवनमा पुराना मोटरसाइकलबाट हुने प्रदूषणलाई कम गर्नको लागि पुरानो बाइक हटाउने अभियानस्वरूप मेलाको आयोजना गरिएको प्रालिका म्यानेजर श्रेष्ठले बताए ।

Comments

About the author

चितवन पोष्ट