गृह » निःशुल्क स्वास्थ्य शिविर
समाचार समाज स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

भरतपुर । मञ्जुश्री टोलविकास संस्थाको आयोजनामा सिड मेडिकल ल्याबरोटरीको सहयोगमा ओइसीस मेडिकल कलेजमा निःशुल्क मधुमेह परीक्षण तथा भरतपुर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा मोना श्रेष्ठद्वारा स्त्री रोगसम्बन्धी निःशुल्क परीक्षण सम्पन्न भएको छ ।
मञ्जुश्री टोलविकास संस्थाका अध्यक्ष रामचन्द्र थापाको अध्यक्षतामा बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म गरिएको रगत जाँचमा ८५ जनाले सेवा लिएका थिए । २४ जना महिलाको पाठेघर जाँच र २३ जनाको थाइराइड टेस्ट गरिएको थियो ।
कार्यक्रममा ओइसीस मेडिकल कलेजका डा मनोजकुमार चौधरीले मन्तव्य राखेका थिए । यस्तै सिड ल्याबरोटरीका अध्यक्ष हरि भुसालले स्वास्थ्य परीक्षणका बारेमा मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट