गृह » एकदिने निःशुल्क आँखा शिविर
समाचार समाज स्वास्थ्य

एकदिने निःशुल्क आँखा शिविर

रत्ननगर । पूर्वीचितवनमा ‘विद्यार्थीको आँखा देशको भविष्य’ भन्ने मुल नाराका साथ ग्लोसाइन एकेडमी, लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्त आयोजनामा खैरहनी नगरपालिका वडा नं ८ को ग्लोसाइन एकेडेमीको भवनमा एकदिने निःशुल्क आँखा शिविर गरिएको छ ।
नेत्र ज्योति आँखा अस्पतालका डा. दिपेश सुवेदीको नेतृत्वमा विद्यार्थी तथा शिक्षक गरी ९ सयभन्दा बढीले आँखा जाँच गरेका थिए । सो शिविरमा एक सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क चश्मा पनि वितरण गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि टेकराज अधिकारी र विशिष्ट अतिथि सञ्जिव न्यौपाने रहेका थिए । रुपेश भट्टले सन्चालन गरेको कार्यक्रम अञ्जन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट