गृह » मृगौला पीडितद्धारा सहयोगको याचना
समाचार समाज स्वास्थ्य

मृगौला पीडितद्धारा सहयोगको याचना

मकवानपुर । दुबै मृगौला फेल भएका मकवानपुर मनहरी गाउँपालिका– ६ का भीमलाल मोक्तानले सहयोगको लागि आग्रह गरेका छन् । ५ महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २७ बर्षीय उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।
श्रीमती समीक्षा घलानले उपचारमा हालसम्म ७ लाख खर्च भइसकेको बताइन् । दुबै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणको विकल्प नभएको र प्रत्यारोपणका लागि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएको उनले जानकारी दिइन् ।
‘अहिलेसम्म ऋण लिएर नै उपचार गराएकी छु, अझै १५ लाख लाग्छ भन्छन्, मैले कहाँबाट ल्याउनु’ पतिको जीवनरक्षाका लागि भौतारिरहेकी उनले भनिन् ‘कृपया सबैले सक्दो सहयोग गरी मेरो लोग्नेको जीवन बचाइदिनुहोस् ।’
अहिले सातामा ३ पटक डाइलासिस गर्नुपरेकाले खर्च निरन्तर बढ्दै गइरहेको उनले बताइन् । लामाको ग्रीनसिटी अस्पताल बसुन्धारामा डायलासिस गरिदै आएको छ । उनलाई सहयोग गर्न चाहनेले एभरेष्ट बैंकमा बिरामी भीमलाल मोक्तानको नाममा रहेको खाता नं. ०४८००५०१२०६४६२ मा रकम जम्मा तथा ९८०७१४१८८२ र ९८४५२३६६२९ मा सम्पर्क गरी सहयोग गर्न सकिने घलानले बताइन् ।

 

 

Comments

About the author

चितवन पोष्ट