गृह » भोजाड बचतको रक्तदान
समाचार समाज स्वास्थ्य

भोजाड बचतको रक्तदान

भरतपुर । भोजाड वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा शनिबार भएको खुल्ला रक्तदान कार्यक्रममा ९ जना महिला सहित ५१ जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष राजु पौडेलको अध्यक्षता, भरतपुर महानगरपालिका वडा न. ११ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यता साथै संचालक सदस्य थमबहादुर लामाको संयोजकत्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको शुभारम्भ पहिलो पटक रक्तदान गर्ने गौरी मल्ल लाई प्रमुख अतिथि अधिकारीले ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट