गृह » आँखा परीक्षण
समाचार समाज स्वास्थ्य

आँखा परीक्षण

भरतपुर । पछिल्लो समय विद्यार्थीहरुमा आँखाको समस्या देखिन थाले पछि विहीबार निशुल्क आँखा शिविर गरेको छ ।
मदर ल्यान्ड एकेडमी, लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्त्त आयोजनामा खैरहनी नगरपालिका वडा नम्बर ८ को मदर ल्यान्ड एकेडेमीको प्रांगणमा आँखा शिबिर गरिएको हो ।
नेत्र ज्योति आँखा अस्पतालका डा. दिपेश सुवेदीको नेतृत्वमा आएको टोलीले विद्यार्थी तथा शिक्षक गरि ५ सय भन्दा बढीले आँखा जाँच गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन अमृत मल्ल र विशिष्ट अतिथिको रुपमा लायन गणेश मल्ल थिए ।
रुपेश भट्टले सन्चालन गरेको कार्यक्रम अन्जन चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Comments

About the author

चितवन पोष्ट